१९ कार्तिक २०८३, बिहिबार

गगन थापाको पद अब सांसद बरालले सम्हाल्ने!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-1काठमाडौँ, १२ असोज । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको सभापति पदमा नेपाली काँग्रेसका सांसद मोहनप्रसाद बरालको मात्र उम्मेदवारी परेको छ ।

उहाँको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सीता नेपाली र समर्थकमा नेकपा (एमाले) का काशीनाथ अधिकारी रहनुभएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सो समितिका सभापति गगनकुमार थापा स्वास्थ्य मन्त्री बन्नुभएपछि समितिको सभापति पद रिक्त भएको थियो । सभामुख ओनसरी घर्तीले संसद् नियमावली, २०७३ अनुसार रिक्त सो सभापति पदको निर्वाचन भोलि पाँच बजेका लागि तय गर्नुभएको छ । रासस