काठमाडौं, १२ असोज । युवा संघ नेपालका अध्यक्ष एंव एमाले युवा नेता राजिब पहारी यति बेला जापान भ्रमणमा हुनुहुन्छ ।
जापान भ्रमणको बेलामा विभिन्न सभा एंव अन्तरक्रिया कार्यक्रममा उहाँले प्रमुख अथितिको रुपमा नेपालको राजनैतिक अवस्था र अब युवाले खेल्नुपर्ने भूमिकाका बिषयमा स्पष्ट पार्नु भएको छ ।
त्यहाँ रहँदा उहाँले जापानी राजनीतिक दल आबद्ध युवा नेताहरुसंग समेत भेटघाट गरि नेपाल जापान सम्बन्धका बिषयमा छलफल गर्नु भएको छ । एन आर एन जापानद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष त नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मञ्चको आयोजनामा भएका विभिन्न कार्यक्रमहरुमा उहाँले आफ्नो धारणा राखिरहनु भएको छ ।
त्यस्तै उहाँले जापानमा आयोजित कार्यक्रममा युवाहरुलाई आफूले सिकेको सीप स्वदेशमा प्रयोग गरि अब देशलाई आत्म निर्भर बनाउन अपिल गर्नु भएको छ ।
उहाँले जापानीहरुको मेहनत र समय सधुपयोग गर्ने शैली नेपालीले अनुशरण गर्नुपर्ने समेत बताउनुभयो ।













प्रतिक्रिया