काठमाडौं, १२ असोज । खेलप्रेमी एवं समाजसेवी चितवन भरतपुर निवासी मोहन प्रकाश थापाले अनाथ एवं वृद्धाश्रमलाई सहयोग गरेका छन् ।
पूर्व भारतीय गोर्खा सैनिक थापाले धापासीस्थित पवित्र समाज नेपाल, चितवनको कुसुम सहारा र मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई ५५ हजार बराबरको खाद्यान्न एवं शैक्षिक सामग्री वितरण गरेका हुन् ।
नेपाल टेलिभिजनबाट प्रशारित विकास र बहसका निर्माता समेत रहेका उनी शिखर नेपाल नामक सामाजिक संस्थाका संरक्षक समेत हुन् । उनी बक्सिङ प्रशिक्षक समेत हुन् । हाल चितवनमा २९ जनालाई आफूले प्रशिक्षण गराइरहेको उनले बताए । भारतीय सेनाका पूर्व खेलाडी हुन् ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले धापासीस्थित पवित्र समाज पुगी एक कार्यक्रमबीच अध्यक्ष दीक्षा चापागाईंलाई उक्त सामग्री हस्तान्तरण गरे । सो अवसरमा चलचित्र निर्देशकद्धय दीपक खाँड र शेखर खनाल समेत उपस्थित थिए ।
त्यसैगरी उता चितवनमा कुसुम सहारालाई मोहनका बुवा क्या. लालबहादुर थापा र गोपालप्रसाद अधिकारी तथा मञ्जुश्रीलाई प्रदिप वाग्ले र मञ्जु ज्ञवालीले खाद्य सामग्री बाँडेका थिए ।












प्रतिक्रिया