लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा.भरत श्रेष्ठले दाङका दुई बालबालिकाको पठनपाठनमा सहयोग गरेका छन् ।
दाङको घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजङ्ग नेपाली दीपशिखा उच्चमाविमा क्रमशः कक्षा ७ र ५ मा अध्ययनरत छन् । टुहुरा ती दुई बालबालिकाको शुल्क तिर्न समेत समस्या परेपछि डा.श्रेष्ठले उनीहरूको पठनपाठनमा सघाउने तत्परता देखाएका हुन् ।
डा.श्रेष्ठको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको संझनामा धर्मशाला समेत बनाएको छ ।
त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भैरहेको छ ।
ब्रिटेनको प्लेमाउथमा सपरिवार बसीरहेका डा.श्रेष्ठ तथा श्रीमती डा.रेखा श्रेष्ठले नेपाल तथा युकेमा पनि थुप्रै सामाजिक काममा सघाइरहेका छन् ।















प्रतिक्रिया