नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले टीकापुर घटनामा भारतीय नागरिकको हात रहेको भन्दै सबैलाई कारवाहीको माग गरेकी छन् ।
मंगलबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटनामा भारतीयको संलग्नता रहेको कुरा पूवर्वती सरकारका गृहमन्त्री वामदेव गौतम नै बताइसकेको भन्दै दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्– ‘सरकारले टीकापुर घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्नुपर्छ । घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन् ।’
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=uSKhBkfo2aY













प्रतिक्रिया