१९ कार्तिक २०८३, बिहिबार

विदेशबाट सुन ल्याउँदा गुरुङ प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौं, ११ असोज । विदेशबाट सुन ल्याउँदा एक नेपाली फन्दामा परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जा अडचले–१ बस्ने २४ वर्षीय राजेन्द्र गुरुङ्गलाई प्रहरीले १ सय ग्राम सुन सहित पक्राउ गरेको छ ।

एयर अरेबियाको उडान नम्वर जि ९५३१ द्वारा बहराईन हुदैँ काठमाडौँ आएका उनलाई सोमबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको भन्सार एरिया पारगरे पश्चात् प्रहरीले शंका लागी चेकजाँच गर्दा उक्त सुन बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।