१९ कार्तिक २०८३, बिहिबार

सर्पको डसाइबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarpaरामपुर (पाल्पा), ११ असोज । सर्पको डसाइबाट डेढगाउँ– ६ बस्ने अन्दाजी ३५ वर्षीया कमला फालको आज मृत्यु भएको छ ।

गए राति करिब २ बजे उनलाई सर्पले डसेकोे र बिहानपख छिमेकीलाई खबर गरेपछि स्थानीयवासीले उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको अस्पतालले घोषणा गरेको स्थानीयवासी वीरबहादुर बिसीले जानकारी दिनुभयो । मृतक फालका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । रासस