१ कार्तिक २०८३, शनिबार

परराष्ट्रमन्त्री महतलाई बाल्टिमोरमा नेपालीहरूको ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrn-baltimore– विजय थापा

वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्यावारिधि)लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस)को नवीकरणको लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुन आएका महतलाई मेरिल्यान्ड शाखाले सेप्टेम्बर २६ तारिख एक अनौपचारिक कार्यक्रममा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कुनै कारण बिशेषले अस्थाई सुरक्षा दर्जा भर्न नपाएकालाई समेत भर्न पाउने गरी प्रक्रिया अगाडि बढाईदिन माग गरिएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित नेपालीहरुको चर्चित चमेना गृह नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रममा परराष्ट्रमन्त्री लगायत सांसद मोहन बहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी ,अमेरिकाका लागि नेपलाका राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि), महावाणीज्यदूत प्रेमराजा महतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको छ ।