१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय फोटो पत्रका समूहको अध्यक्षमा आले निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nfpj2काठमाडौं, ११ असोज । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को अध्यक्षमा ध्रुव आले निर्विरोध निर्वाचित भएका छन् ।

राजधानीमा भएको समूहको ९ औं साधारण सभाले आलेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।

यसैगरी एनएफपीजेको सचिवमा प्रदिपराज वन्त, कोषध्यक्षमा तेज बहादुर बस्नेत सर्वसम्मत रुपमा छानिनु भएको छ ।

यस्तै चारजना सदस्यहरु राजेन्द्र चित्रकार, सुनिल बज्राचार्य, शोभा महर्जन र प्रतीक लामिछाने पनि निर्विरोध रुपमा चयन हुनुभएको छ ।

२०५३ सालमा स्थापना भएको एनएफपीजेका नवनिर्वाचित अध्यक्ष आलेले आउँदा दिनमा समग्र फोटो पत्रकारिता व्यवसायीक बनाउँदै फोटो पत्रकारहरुको हक हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।