३० आश्विन २०८३, शुक्रबार

‘होस हराएको मान्छे’…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

copy-of-photoशुसुप्तताको त्यो नयनले नयाँपन खोजिरहेको थियो । हरेक वस्तुमा छुन खोज्ने, हेर्न अभिप्रेरित भईरहने, न कुनै डर, न कुनै भय र न कुनै सन्त्रासका वीचमा त्यो व्यवहार साच्चै नै निश्चल र स्वतन्त्र लाग्दथ्यो । न कुनै हिचकिचावट, न कुनै सन्देह, न कुनै रिस राग, मात्र नविनता र उत्सुकता, लाग्दथ्यो उसको त्यो व्यवहारले उ साच्चै नै संसार जित्नेछ, संसारको एक्लो वृहस्पति वन्नेछ ।

यहि वोलिरहेको थियो उसको त्यो निर्मल नयनहरुले । नयाँपनको नयाँ दौरानमा उ अव्वलता महशुश गरिरहेको होला सायद । त्यहि स्वतन्त्रताको चरमोत्कर्षको शुरुवातले देखाएको त्यो उत्साह लाग्दछ, सधै र निरन्तर चलिरहला, तर त्यसो हुन, सायद सृष्टिकर्ताले दिदैन वा सृष्टिकर्ताको भेषमा स्वार्थताका भीडहरुले !

यद्यापी यो नै जीवनको तितो यथार्थ हो, जुनमा हामी सवै छुट्नै नसक्ने गरि जेलिरहेका छौ । संसारका हरेक वस्तुमा नयनपन र सकारात्मक पक्ष देख्ने हर कोहि पनि सामिप्यता भनेको त्यहि समाजमा जेलिएर रहेको ममतामयी आमाको भुमिका वाट शुरु हुने गर्दछ । जुन जन्मदाताले समाजमा भोगेको हरेक क्रियाकलापहरुको अनुसरणमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा भागिदारी भुमिका खेलिरहेको हुन्छ ।

वाल्यकालको त्यो सामिप्यता सँगै हिजोको त्यो चिचिल्या विस्तारै नजानिदो तवरवाट होस हराउदै जान्छ । जसको कुनै पनि हेक्का उसमा हुदैन । विवेकताको स्वयं अनुयायी वन्नुभन्दा पनि अरुको नक्कल, ईख र परनिर्भरतामा रहदै गरिने हरेक क्रियाकलापले उसको त्यो अन्जानी यात्रा विस्तारै कुटिल र नाटकीय तवरवाट विकसित हुदै जान्छ ।

समुन्द्रको विशाल छाल होस वा सानो सुसाईरहेको त्यो छहरा, जुन छहरावाट निस्केको चर अथवा माछा जव पानीवाट वाहिर निस्कन्छ, अनि उ वाँच्नका लागि पानीको खोजीमा भौतारिए झै निष्पठ रुपमा वाँच्नका लागि छटपटाउन थाल्दछ, लाग्दछ कि उसले वाचेर संसार नै जित्नेछ । संसारको हरेक पक्षमा उसले जसरी भएतापनि आफनो उपस्थिती होस कि भुमिका त्यसमा उ अविचलित हुने नै छ ।

कुनै पनि वस्तुको उपयोगिता निश्चित समय सम्म का लागि मात्र हुने गर्दछ भन्ने कुराको हेक्का सायद धेरैलाई जीवनको अन्तर्यमा र धेरैलाई थाहा नै नहुने विषय हो । जसले जीवनका वारेमा वुझने चेष्टा गर्देन, त्यस्तो को संख्या अधिकतम हुने गर्दछ । सायद यहि असम्भव्यताको जरोमा टेक्नका लागि गरिने कर्ममा हुने असामान्यजस्यता नै प्रमुख कारक हुने गर्दछ ।

यसमा हुने जटिलता नै यसको परिभाषा खोज्नेमा विर्को वन्द गरिदिन्छ । आहा हामी कति धेरै लालयित ? तर यो लालचीपन सकारात्मक कर्मका लागि कहिल्यै प्रयोग भएनन् । भए त केवल अहंमता, स्वार्थतामा र एकाकीपन र मुर्खतामा, तर जे प्राप्तिका लागि यी सवै प्रयोग भए, ती जीवनका लागि कहिल्यै भएनन्, भए त केवल क्षणिक खुशी र अनादिकालसम्मका लागि तनाव, तर पनि हाम्रा ईच्छा र आकांक्षाहरु त्यस प्रति कहिल्यै नकारात्मक वनेनन, वने त केवल नतमस्तक ।

यो समयसम्म टेकिरहदाँ हिजोको शुषुप्ता आज हराईसकेको छ । हिजोको त्यो चंचलता, स्वतन्त्रता अरु कसैको सामु वन्धक वनिसकेको छ । यहि जीवनका चक्रव्यूहमा सम्पुर्णताका जीवन नाचिरहेछ, तै पनि कसैले पनि जीवनको यथार्थता वोध गर्ने र त्यसलाई समाज रुपान्तरणका लागि प्रयोग गर्ने हिम्मत गर्न सकेनन् । यहि चक्रव्यहूको अन्धकारले अझै लामो समयमा मानव जीवनलाई डुवाईरहने कुरामा कुनै पनि किसिमको सन्देह नपाले हुन्छ । यथार्थता जे भएता पनि मानव जातिले भोग्ने र हुने भनेको यहि हो । किनकि हामी त्यहि विषयको पक्षपोषणका लागि आँखा चिम्म गरेर लागिरहेका छौ । कर्म अनुसारको पल जीवनको अर्को सत्य पनि हो ।

जीवनको यथार्थ एकातिर, हाम्रो जीवन अर्कोतिर, यहि विषयमा घोत्लिरहेका छौ । लाग्दछ, यसको परिभाषा नै अहिले हाम्रो जीवन हो जुन जीवनमा दुःख, कष्ट, स्वार्थ र मानवता विहिन छौ । उर्जाशिल समयमा सोच्न नसक्ने, हाम्रो समाजमा रहेको वुद्धिजीवीहरु कथित वुद्धिजीवीमा मात्र सिमित भए, केवल देखावती र देखावटी सानका लागि । जसको कुनै पनि यो समाजमा अर्थ र अस्तित्व छैन । लोकलाई देखाउनका लागि गरिने कर्म हरु त केवल क्षणभंगुर शिवाय केहि होईन ।

जन्म पछिको एकमात्र शास्वत सत्य भनेको मृत्य हो । तर त्यसभन्दा अगाडी जीवन रहदाँमा गर्नुपर्ने भुमिकामा हामी छिर्न त के सोच्न पनि सकेका छैन । यहि परिपाटीले नै आज हामी यति धेरै दुखी र गरिव छौ । मानवता हराएको मान्छे, केवल मान्छे मात्र हुन् मानव हुन सक्दैनन । जुन दिशामा वेहत्तर उन्मुख वनिरहेका छौ, त्यो भनेको होस हराएको मान्छे शिवाय केहि हुन सक्दैन । मानव त क्षितिज पारीका कुरा……