१९ कार्तिक २०८३, बिहिबार

देउखुरीमा ट्रक पुलबाट खस्दा एक बेपत्ता, १ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

दाङ, ११ असोज । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित सिमलसोता खोलाको पुलबाट ट्रक तल खस्दा एक जना घाइते भएका छन् ।

आज बिहान साढे १ बजे सतबरिया सिमलसोता खोलाको पुलबाट लु १ ख ९९०५ नम्बरको ट्रक पुलबाट खस्दा १ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् ।

घाइते हुनेमा ट्रकका परिचालक नवलपरासीका २० वर्षीय बिजय हरिजन रहेका छन् । उनको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

सोही दुर्घटनामा चालक रुपन्देहीका जगमन चौधरी भने बेपत्ता भएका छन् । उनको खोजि भैरहेको ईलाका प्रहरी कार्यलय अमिलियाले जनाएको छ ।