काठमाडौं, १० असोज । एक दशकसम्म पार्टीको भातृ र भगिनी संगठनलाई मृतप्राय बनाएको नेपाली कांग्रेसको तत्कालीन नेतृत्व पक्षधर पार्टीको १३ औं महाधिवेशनबाट नराम्ररी बढारिएपछि असन्तुष्टिको रंग पार्टीका भातृ संगठनमा पोत्न उद्धत देखिएको छ ।
पार्टीको नयाँ नेतृत्वले गरेको पहिलो निर्णय अनुसार पार्टीको नर्शरीका रुपमा रहेका नेविसंघ, महिला संघलगायतको नयाँ नेतृत्व निर्वाचनबाट चयन गरेपछि पराजित पक्ष झन विचलित भएको हो ।
विद्यार्थी संघ र महिला संघमा कांग्रेस नेता रामचन्द्र पौडेलपक्षधर कमजोर तयारीका कारण नराम्ररी बढारिएपछि पराजयको आगो नेविसंघमा लगाउने योजनावद्ध तयारी थालिएको छ ।
आइतबार रामचन्द्र पौडेलले महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, दीलेन्द्रप्रसाद बडू, मीनेन्द्र रिजाललगायतका नेतालाई बोलायर गरेको गोप्पे बैठकमा नेपाल विद्यार्थी संघको नेतृत्वलाई अप्ठ्यारोमा पार्न निर्देशन दिएको स्रोतको दावी छ ।
सोही निर्देशन बमोजिम नेविसंघकी उपाध्यक्ष उर्मिला थपलियाको नेतृत्वमा खडग बहादुर डाँगी, सागर परियार, प्रकाश राना, साधना घिमिरेलगायत ११ जनाले सोमबार नेविसंघको दोसो बैठकमा बखेडा खडा गरेका छन् ।
उनीहरुकै समूहकाले वरियताका आधारमा पोर्टफोलियो तय विषयमा एकमत देखाउन नसकेपछि विवाद बल्झिएको एक पदाधिकारीले बताए ।
१० वर्षको अवधिमा जीर्ण र रुग्ण भएको संगठनलाई कसरी चुस्त र दुरुस्त बनाउने भनेर नेविसंघको नयाँ नेतृत्व लागिरहेका बेला पौडेल पक्षधर अल्पमत (११ जना) पदाधिकारीले पौडेलको निर्देशन पालना गर्दै बखेडा सुरु गरेको नेविसंघ स्रोतले बतायो ।
पौडेल पक्षधरले बैठकमा आपत्ति जनाए पनि उनीहरुबीचमै विवाद भएपछि बहुमत पदाधिकारीसहित बैठक भने अगाडि बढाइएको थियो ।













प्रतिक्रिया