१ कार्तिक २०८३, शनिबार

न्यूयोर्क पुगेर परराष्ट्रमन्त्री महतले भने- अब पासपोर्टमा ‘नेप्लिज’ हटाएर नेपाली लेख्छौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsharan-mahat-new-york

– अनुज थापा

न्यूयोर्क, १० असोज । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले “नेप्लिज” भन्ने शब्दलाई हटाएर “नेपाली” नै प्रयोग गर्ने आफ्नो निर्णयलाई मन्त्रिपरिषदमा पनि छिट्टै लाने जानकारी दिएका छन् ।

संयुक्त राष्टसंघको ७१ औं महासभालाई आइतबार सम्बोधन गरेपश्चात नेपाल अमेरिकी पत्रकार संघ (नेजा)ले न्युयोर्क मै आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. महतले तत्कालका लागि विश्वभर रहेका नेपाली राजदुतावास, कुटनीतिक निगोय, कन्सुलेट अफिसहरुलाई पनि मन्त्रालयले गरेको यस निर्णयबारे परिपत्र गरिसकेको बताए ।

“मैले भाषाविद्हरुसँग पनि यसबारे छलफल गरेको थिएँ । र उहाँहरुले यो कुरा सहि भएको सल्लाह दिएपश्चात मैले यो निर्णय गरेको हुँ,” उनले भने । “नेप्लिज भन्नुभन्दा नेपाली भन्दा हृदय छुन्छ ।”

ramsharan-mahat-new-york1

मन्त्री महतले नेपाल सरकारले जारी गरेको हालको पासपोर्टमा “नेप्लिज” भएपनि अब नयां छापिने पासपोर्टमा “नेपाली” नै हुने जानकारी दिए ।

“अब एम. आर. पी. बाट पनि अर्काे पासपोर्टमा जाने कुरा भइरहेको छ, त्यो छाप्ने बेलामा “नेपाली” नै हुन्छ,” महतले भने ।

डा. महत गत महिना परराष्ट्रमन्त्रीको रुपमा बहाली भएपश्चात यो निर्णय गरेका हुन् ।

डा. महतसंगको छोटो कुराकानी सुन्न यहां क्लिक गर्नुहोस्: