काठमाडौं, १० असोज । नेपालको भुमिमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नया रेकड कायम गरेका भूमिराज राइ लाइ सोमबार संजय पण्डित फाउन्डेसनले नगद सहित सम्मान गरेको छ ।
बुद्धनगर स्थित उधमी घरमा गरिएको सम्मान कार्यकममा प्रमुख अथिति पूर्व उपप्रधानमन्त्री एबम गृहमन्त्री बामदेव गौतमले सम्मान पत्र एबम खादा लगाएर सम्मान गर्नुभएको थियो भने कार्यकममा सांसद हिरा बहादुर केसी, पूर्व सांसद बीरबहादुर सिंह लगायतको उपस्थिती रहेको थियो ।
फाउण्डेसनका अध्यक्ष समेत रहेका बिस्व पर्वतारोही धाबक संजय पण्डितले नगद पाँच हजारको चेक प्रदान गर्नु भएको थियो ।
प्रमुख अथिति गौतमले नेपालमा दौडिएको मेराथोंन दौडमा सबैभन्दा कम समयमा पार गरेर रेकड राखेका राइलाई थप सफलताको सुभकामना दिनुभएको थियो भने पण्डितले संगै दौडने समकालीन साथीले दौडमा नया आयाम थपेकोले आफुलाइ धेरै खुसि लागेको बताए ।
राइले शनिबार भएको काठमाडौँ मेराथुनमा उक्त दौड दौडिएका थिए ।













प्रतिक्रिया