१९ कार्तिक २०८३, बिहिबार

क्रान्तिकारी कञ्चनपुरद्वारा महेन्द्रनगर बसपार्कमा हेल्प डेस्क स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhil

महेन्द्रनगर, १० असोज । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले यात्रुहरुको सुरक्षित यात्रा लागि भन्दै हेल्प डेस्क स्थापना गरेको छ ।

नजिकिदै गरेको दशैँ–तिहारका बेला सुरक्षित यात्राका लागि महेन्द्रनगरको बसपार्कमा हेल्प डेस्क स्थापना गरेको हो । सोमबारदेखि आम यात्रुहरुको समस्याका साथै विद्यार्थीहरुले पाउनुपर्ने सहुलियत छुट व्यवस्थापनका लागि हेल्प डेस्क खडा गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

हेल्प डेस्क उद्घाटन समारोहमा बोल्ने क्रान्तिकारी नेताहरुले दशैँ–तिहारको बेला विशिष्ठ समय भएकाले यस्तो बेला यात्रुहरुलाई सास्ती, लुट्ने कुटिने तथा समस्यामा पर्ने सम्भावना बढि भएकाले त्यसबाट जोगिनका लागि हेल्प डेस्क राखेरै बसपार्क क्षेत्रमा समस्यामा परेका र बसपार्कबाट सम्बन्धीत गन्तव्यमा लागि समेत निगरानी गरिने छ ।

कार्यक्रममा अखिल क्रान्तिकारीका कञ्चनपुर इन्जार्ज सिके भट्टले क्रान्तिकारी हरेक जनताको जनजिविका सवालमा सशक्त रुपमा मुद्दा उठाउने भएकाले दशैँ तिहारका बेला यात्रुको समस्यालाई मध्य नजर गर्दै हेप्प डेक्स राखिएको बताए । बस व्यवसायीसित समन्वय गरेर संचालन गरिने छ । क्रान्तिकारी सात नम्बर प्रदेशका संयोजक राधाकृष्ण जोशीले अस्वस्थ्य प्रतिस्पर्धा धेरै यात्रु बोक्ने सवारीसाधनलाई निगरानीमा राखेर यात्रुहरुको सुरक्षित यात्रा सफल पार्नका लागि हेल्प डेस्कले काम गर्ने बताए ।

विद्यार्थीहरुले पाउनुपर्ने सहुलियत भाडा समेत निगरानी गरिने उनको भनाई छ । राज्यले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिएपनि कतिपय बस धनीहरुले उक्त सुविधा नदिएको बारेमा समेत बुझिने छ ।

यस्तै महाकाली बस व्यवसायी समितिका सचिव देवराज जोशीले क्रान्तिकारीको काम सरहानिय भएको बताउदै, सुरक्षित यात्राका लागि गड्डाचौकीमा समेत हेल्प डेक्स निर्माण हुनुपर्नेमा जोडदिए ।

बसपार्क व्यवस्थापनका साथै दशैँतिहारका बेला सबै यात्रुहरुको सुरक्षाका लागि सबैको भूमिका हुनेमा उनले जोडदिए । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव उद्धव भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै बास्तमै यात्रा सुरक्षित हुन नसक्दा सयौँको अकालमै ज्यान गएको प्रसङ दर्शाए । बस व्यवसायी, समिति, विद्यार्थी, ट्राफिक लगायतको त्रिपक्षिय समन्वयमा महेन्द्रनगर देखि विभिन्न गन्तव्यका लागि जाने यात्रुहरुको यात्रा सुखद र सफल बनाईने उदेश्यले हेल्प हेस्क खडा गरिएको क्रान्तिकारीका नेताहरुको भनाई छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष बिरेन्द्रराज विष्टको अध्यक्षतामा उद्घाटन भएको हेल्प डेस्कको संचालन क्रान्तिकारी कञ्चननपुरका उपाध्यक्ष कैलासचन्द्र गिरीले गरेका थिए । हेल्प डेस्क दशैँ–तिहासम्म संचालन हुने छ । कार्यक्रममा व्यवसायी, मजदुर, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । यात्रुहरुलाई नसालुपदार्थ सुघाएर लुट्ने क्र्म समेत बढ्न सक्ने भन्दै क्रान्तिकारीले यसतर्फ सबैलाई समेत गराउने समेत जनाएको छ । यात्रुहरुलाई जनचेतना जगाउने काम समेत गर्ने छ ।