काठमाडौं, १० असोज । काश्मिरको उरी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चर्किरहेका बेला चीनले भारतलाई आफूसँग राडार रहेको धम्की दिएको छ ।
पाकिस्तानको सहयोगी आतंकवादीको हात रहेको भन्दै भारतले पाकिस्तानलाई धम्की दिइरहेका बेला चीनले पाकिस्तानको साथ दिने सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानी सञ्चारमाध्यमले चिनियाँ कन्सुलरलाई उद्धृत गर्दै पाकिस्तान र भारतबीच युद्ध भई नै हालेमा चीनले पाकिस्तानको साथ दिने दावी गरेका छन् ।
भारतले फ्रान्सबाट फाइटर विमान राफेल किन्ने सम्झौता गरेपछि चीनले आफूसँग उक्त विमानलाई ट्रयाक गर्ने क्वान्टम राडार भएको बताएको हो ।
क्वान्टम राडारले सामान्य राडार छल्न सक्ने फाइटर विमान ट्रयाक गर्न सक्छ ।
चिनियाँ सञ्चारमाध्यमले चीनसँग रहेको क्वान्टम राडारले १०० किमी टाढा बाटै लडाकु विमानको विवरण दिन सक्ने दावी गरेका छन् ।
चीनले आफूसँग मात्रै पहिलो पटक यो क्वान्टम राडार रहेको दावी गरिरहेका बेला अमेरिकाले पनि यसको सिको गर्दै यो राडार बनाउने प्रयास जारी राखेको छ ।
भारतले किन्ने भनेको राफेल विमान प्रतिद्धन्द्वी पाकिस्तानसँग मात्रै होइन चीनसँग पनि छैन, भारतले यो विमान किनेपछि भारतको सैनिक क्षमता गुणात्मकरुपमा बढी हुने सञ्चारमाध्यमहरुले जनाएका छन् ।
















प्रतिक्रिया