
काठमाडौँ, १० असोज । नेपाल प्रहरीले हातहतियार खोज्न कुकुर तालिम आयोजना गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंज संचालित दोस्रो समूहको हातहतियार तथा बिष्फोटक पदार्थ खोजी तालिम सोमबार समापन भएको हो ।
गत साउन ५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ५, प्रहरी हवल्दार १ र प्रहरी जवान ८ जना गरी कुल १४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया