१ कार्तिक २०८३, शनिबार

कतारमा प्रथम जितिया महोत्सव सम्पन्न

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14470751_1760946337477645_1959261783_nदोहा । थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा “जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ प्रथम जितिया महोत्सव तथा थारु मिलन समारोह २०१६ भव्यताका साथ सम्पन्न भएको छ ।

थारु कल्याणकारिणी सभा कतार च्याप्टरका उपसभापति सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन महामन्त्री भगवती प्रसाद चौधरीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी रहेका थिए ।

विशेष अतिथिहरुमा एनआरएनए एनसीसी कतारका अध्यक्ष विनेश तामाङ, थारु कल्याणकारिणी सभा नेपालका पुर्व केन्द्रिय सदस्य राम लगन चौधरी, महासंघ कतारका विशेष सल्लाहकार दिल किरण खजुम, सल्लाहकार सुक वहादुर तामाङ, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किरात याक्थुङ चुम्लुङका द्धितिया उपाध्यक्ष हर्क खजुम, तमु गुरुङ समाजका सचिव तेज गुरुङ, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष थर्चा लामा, भुजेल प्रवासी सेवा समाजका उपाध्यक्ष मीलन भुजेल, सुनुवार सेवा समाजका सल्लाहकार पुरुशोत्तम सुनुवार, माझी सेवा समाजका उपाध्यक्ष भरत माझी, नेपाल पत्रकार महासंघका सभापति गणेश वञ्जाडे रहेका थिए ।

त्यस्तै गरी समाजसेवी तथा वुद्धिजीवीहरुमा चानक पोखरेल, हुसेन खान, शनिकुमार ओली, रामहरि गैह्रे, महम्मद मुक्तादा, अव्दुल वासिद, होमबहादुर महतो, सर्लाही सेवा समाजका महासचिव सुजन वराल, थारु कल्याणकारिणी सभाका सल्लाहकारहरु देवकान्त चौधरी, भीमनारायण चौधरी, जयनारायण चौधरी, प्रथम जितिया महोत्सव तथा थारु मिलन समारोहका संयोजक अरविन्द्र कुमार चौधरी, उपसंयोजक चाँदनी चौधरी रहेका थिए ।

राष्ट्रिय गीतवाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सियाराम चौधरीले दीप प्रज्वलन गरी औपचारिक रुपमा उदघाटन गरेका थिए ।

संस्थाका सदस्य श्यामलाल चौधरीले स्वागत मन्तव्य राखे । जितिया पर्वको वारेमा सदस्य शान्ति चौधरीले मिठो भाषमा प्रकाश पारे ।