वाशिंगटन डिसी । नेपालबाट विशेष कार्यक्रम लिएर अमेरिका आई पुगेका बिबेकशील नेपाली दलका प्रतिनिधिहरुले डीसीबासीसंग अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
कार्यक्रममा दलका अध्यक्ष उज्वल थापाले राजनीति समाज सेवाको लागि भन्दै राजनीति फोहरी खेल मात्र हैन भन्ने विचार राखे । उनले राजनीति भनेको उत्कृष्ट समाज पनि हो भन्दै नीति मात्र हैन नियति पनि राम्रो हुनु पर्छ भन्दै आफ्ना विचार थपे ।
उनले कार्यक्रममा आफ्नो दलको स्थापना बारेमा चर्चा गर्दै कसरी हामी दलमा परिणत भयौ भन्दै पछिल्लो निर्वाचनमा आफु अनि दलको तर्फबाट प्रत्यासी बनेको चर्चा गरे ।
आफूले केवल एक हजार भन्दा अलिक बढ्ता मत प्राप्त गरेको समेत खुलाशा गरे । आफ्नो त्यो पहिलो अनुभव रहेको बताए ।
आफ्नो कुरा राख्ने क्रममा २० वर्ष अगाडि ,१९९६ मा अमेरिका आएर वैज्ञानिक बन्न आएको मान्छे ठीक ५ वर्ष बसेर अर्कै विषय पढेर नेपाल फर्केको बताए ।
नेपाल फर्के पछि उद्यमी भै काम गरेको र त्यसलाई वृद्धि गर्न पनि सफल भएको तर नेपाल बन्दले निकै चुनौती खेपेको बताए ।
नेपाल सदैब बन्द हुने भएकोले यो संस्कारलाई बन्द गर्नु पर्छ भने यसको बिरुद्धमा लागेको बताए ।
थापाले अगाडि भने नेपालको राजनीतिक बेथीति को संस्कारलाई अन्त्य गर्नु पर्छ भनि बिबेकशील नेपाली दल बन्न पुगेको बताए ।
आफ्नै कालमा देशलाई शान्त र समृद्ध बनाउने लक्ष्य सहित आफ्ना अनुभव आदनप्रदानका साथै भबिष्यमा कसरी नेपाललाई विश्वकै केन्द्रविन्दुमा पुगाउन सकिन्छ भन्ने बिदेशमा रहेका नेपाली समुदाय संग पनि उचित सुझाव लिन चाहेको बताए ।
कार्यक्रममा म्यारिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उपप्रमुख किरण सिटौलाले बिबेकशील नेपाली दलका उज्वल थापा तथा अनुशा थापाको परिचय गराएका थिए ।
कार्यक्रममा सहभागीहरुले जिज्ञाशा पनि राखेका थिए भने कार्यक्रम डिसी नजिक भर्जिनियाको पुस्तकालयमा सम्पन्न भंएको थियो िसोहि पुस्तकालयमा कार्यक्रम सुरु हुनु अगाडी वाशिंगटन नेपाल फोरमले पनि बिबेकशील नेपाली दलसंग छोटो अन्तरक्रिया कार्यक्रम राखेको थियो ।
















प्रतिक्रिया