
– सन्तोष थापा
पोर्चुगल । नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन् ।
उनीहरु युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेका थिए तर त्यो सपना अधुरो हुने भएको छ ।
धादिङ नीलकण्ठ नगरपालिका स्थायी घर भई काठमाडौंमा बस्दै आएको कुमार लामा भन्ने राम कुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्समबर्ग सरकारको आमन्त्रण गरेको कार्यक्रमको लागि भनेर ३ जनालाई पठाएको थियो ।

तामाङले सांगीतिक कार्यक्रममा जानको लागि नेपालका चर्चित कलाकार अनिल सिंह लगायतको नाम प्रयोग गरेको थियो । दलाल तामाङले अनिललाई झुकाएर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनाई ति ३ जना लुकीछोपी पोर्तुगल पठाएको थियो ।
तामाङका ९८१३६८८६१३ लगायत २,३ वटा फरक फरक मोबाईल नम्बर उठ्दैनन ।
लक्समबर्ग सरकारको आमन्त्रण र संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि झुक्काएर युरोप छिरेका भेडाबारी ७, सलाङ धादिङ स्थायी घर भएको पासपोर्ट नम्बर ०९४८७९०७ , नागरिता नम्बर २६३०३२–२९३ भएको जगत थापा, खरिढुङा ८, लाकुरीडाँडा दोलखा स्थायी घर भई पासपोर्ट नम्बर ०७६४८५५७, नागरिता नम्बर ४६६१०–१५१३ भएको जगत श्रेष्ठ, करिकोट कारीकोट छभा, स्याङ्जा स्थायी घर भई पासपोर्ट नम्बर ०९१४१४०१, नागरिता नम्बर ४२२०२३(१३५ भएको अनिल कोइराला रहेका छन् ।















प्रतिक्रिया