१ कार्तिक २०८३, शनिबार

निगमले दुई ठूला विमान खरिद गर्ने, शनिबार भयो यस्तो निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-airlines-a320-2015-bकाठमाडौं, ९ असोज । नेपाल वायु सेवा निगमले दुई वटा वाइडबडीका दुई वटा विमान खरिदको निर्णयको प्रक्रिया अगाडि बढाएको छ ।

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले दुई वटा वाइडबडी विमान खरिद गर्न टेण्डर आह्वान गरिएको कार्यकारी निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिनुभयो ।

‘शनिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल वायु सेवा निगमको इतिहाँसमा पहिलो पटक वाइडबडीका दुई वटा विमान खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरियो’, उहाँले भन्नुभएको छ ।

सरकारले निगमलाई दुई वटा वाइडबढीका विमान खरिद गर्न अनुमति दिए लगत्तै सञ्चालक समितिले टेण्डर आह्वान गरेको हो ।

नेपाल वायु सेवा निगमसँग रहेका विमानहरूले आवश्यक्ताअनुसार सेवा दिन नसकिरहेका बेला दुई वटा वाइडबडी विमान खरिद भए विदेशसँगको हवाइ यातायात र आम्दानी बढ्नेछ ।