१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा हमला गरी ४० मिनेटमा भारत फर्किएर आउनेछ यो लडाकु विमान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fighter-jet

काठमाडौं, ८ असोज । कश्मिरको उरी आक्रमणपछि भारत र पाकिस्तानबीच चर्केको तनावका बीच भारतले फ्रान्ससँग राफेल लडाकु विमान किन्ने सम्झौता गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुबै देशबीच राफेल सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । यस सम्झौतामा भारतले फ्रान्सबाट ३६ वटा राफेल विमान ५९ हजार करोड रुपैयाँमा किन्नेछ ।

दिल्लीमा शुक्रबार फ्रान्सका विदेशमन्त्री ज्यां यीव ली ड्रियानले यस सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्रान्ससँग राफेल विमानको सम्झौता पहिलो पटक सन् २०१२ मा युपीएको कार्यकालमा भएको थियो, तर बढी मुल्य पर्ने भएकाले भारतले किन्न सकेको थिएन ।

१२६ विमानको उक्त डीललाई मोदी सरकारले टेण्डरिङमा घोटालाको आरोपमा रद्ध गरेको थियो । यसपछि ३६ राफेल विमान किन्ने पक्का भएको छ । तर मुल्यलाई लिएर पेंच फसेको छ । अब गतिरोध अन्त्य भइरहेको देखिन्छ ।

राफेल फ्रेन्च शब्द हो जसको अर्थ तुफान हुन्छ । यो विमानले शत्रुहरुलाई १ मिनेटमा सिध्याइदिन्छ । राफेलमा हावामा हान्नेवाला ६ मिसाइल लाग्छ, राफेलको निशाना यत्ति अचुक छकि ५५ हजार फिट उचाँईमा भएको बम झराउन सक्छ ।

राफेल जब हतियारहरुबाट लैस भएर शत्रुहरुतर्फ गयो भने भारतको शक्ति दुई गुना बढी हुनेछ । यसले एक मिनेटमा ६० हजार फिट सम्मको उचाँइ सम्म मार हान्न सक्छ । यसले २२०० देखि २५०० किमि प्रतिघण्टको दरले उडान भर्नमा सक्षम छ ।

राफेल इस्लामावाद र बेइजिङमा बमबारी गरेर चार घण्टामा नयाँ दिल्ली फिर्ता पुग्न सक्छछ । जबकी बेइजिङको दुरी ३२३० किमि छ । राफेल इस्लामावाद गएर ४० मिनेटमा फिर्ता आउनेछ र बेइजिङको दुरी तय गर्न केवल ३ घण्टा लाग्ने छ ।

राफेलमा १ दशमलव ३० एमएमको गन लाग्छ एक पटकमा २५ राउण्ड फायर गर्न सक्छ । दुइ शक्तिशाली विमानको लम्बाइ १७ दशमलव २७ मिटर छ चौडाइ १० दशमलव ८० मिटर छ ।

हतियार विना यसको तौल १० हजार ३ सय किलोग्राम छ । हतियार सहित १५ हजार किग्रा छ ।

यसले खराब मौसम बाट खराब मौसममा, आकाशबाट आकाशमा अनि आकाशबाट जमिनमा पनि आक्रमण गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।