१ कार्तिक २०८३, शनिबार

उर्जा मन्त्रालयले ल्यायो ‘नेपालको जल नेपालीकै लगानी’ कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uppar-Karnali-Hydro-Project

भक्तपुर, ८ असोज । ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ ।

आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खेलकुदका क्षेत्रमा राजनीति छिर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यपुरका समाजसेवी मदनसुन्दर श्रेष्ठले खेलका माध्यमबाट विश्व सामु नेपालीको पहिचान देखाउन खेलाडी सफल हुँदै गएकाले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला बेचबिखन रोक्न उल्लेख्य भूमिका खेलेबापत अमेरिकाबाट सम्मान पाउनुभएका भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक किरण वज्राचार्य तथा मध्यपुर थिमिमा भैरवनाच पुनःसंचालन गर्न योगदान पुर्याउने अर्जुन श्रेष्ठ, फुटबल खेलमा योगदान दिने उपेन्द्रमान सिंँह, कराँतेका प्रमुख प्रशिक्षक सञ्जय श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जनलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँ, काभ्रेपलाञ्चोक, चितवन, मोरङ सिन्धुली र झापाबाट सहभागी २०० खेलाडीबीच खेल हुँदैछ । रासस