एजेन्सी । शुक्रबार बिहानै भारतको चेन्नईमा ल्याण्डिङ भइरहेको जहाजमा एउटा ठूलो घटना घटेको छ ।
ल्याण्ड गरिरहेको आवस्थामा जहाज भित्र उपस्थित एक यात्रुको स्यामसुङ नोट २ मोबाइलमा आगो लागेको थियो । डीजीसिए ले स्यामसुङका अधिकारीहरुसँग यो विषयमा छलफल गरेको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार जहाजको आभरहेडमा मोबाइल राखेको थियो ।
डीजीसिएका प्रवक्ताले जहाजको क्रुले देखेको थियो ओभरहेड बिनबाट घुवाँ आइरहेको थियो । उसलाइ खोलेर हेर्दा स्यामसुङको मोबाइलबाट धुवाँ आइरहेको थियो ।
आगो निभाउने जहाजभित्रको यन्त्रद्धारा आगो निभाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
















प्रतिक्रिया