१ कार्तिक २०८३, शनिबार

घुम्नैपर्ने उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो स्थानमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khapatad-2

काठमाडौैं, ७ असोज । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ ।

बेलायतको रफ गाइड्सले पारेको सूचीमा सन् २०१६ मा घुम्नैपर्ने उत्कृष्ट १० देशमध्ये नेपाल प्रथम स्थानमा रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त सूचीमा दक्षिण एसियाबाट नेपाल र श्रीलंका परेका छन् ।

दश उत्कृष्टको सूचीमा, क्रमशः नेपाल, कोलम्बिया, क्युवा, जोर्डन, अल्बानिया, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या र श्रीलंका रहेका छन् ।

लण्डनमा केन्द्रिय कार्यालय रहेको रफ गाइड्सले ३४ वर्ष देखि विश्वभरका पर्यटकका लागि गाइड बुक थयार गर्दै आइरहेको छ ।