न्युयोर्क, ७ असोज । ‘भगवानले जब दिनु हुन्छ भने छत फोडेर नै दिनुहुन्छ’ भन्ने भारतीय उखान निकै प्रख्यात छ । यसैगरि ती भाग्यशाली मध्ये कै नेपाली मुलका पुर्खौली घर नेपालको स्याङ्जा जिल्लामा जन्मेका यूवा आचार्य बालकृष्णलाई भगवानले त्यसरी झैँ दिनु भएको छ ।
भारतका योग गुरु बाबा रामदेवका सहयोगी आचार्य बालकृष्ण फोर्ब्स पत्रिका अनुसार भारतका उत्कृष्ट एक सय धनी भारतीय व्यक्तिहरू मध्ये ४८ औ सूचीमा पर्न सफल भएका छन् ।
पतञ्जली आयुर्वेद कम्पनीका सहसंस्थापक को साथै प्रमुख कार्यकारी अधिकारी पनि हुन् । योग गुरु राम देवका दाहिने हात मानिने बालकृष्ण संगभारु २५ हजार करोड अर्थात् करिब ४२.५ बिलिएन अमेरिकन डलर (अरब)को सम्पत्ति छ ।
आचार्यलाई कांग्रेस सत्तामा भएको बेलामा उनका सम्पत्ति सम्बन्धि भारतमा केन्द्रिय अन्वेषण ब्युरोले अनुसनधान गरेको थियो । पतञ्जली आयुर्वेद कम्पनीमा उनको ९७ प्रतिसत हिस्सा रहेको छ ।
बाबा रामदेवले सन् २००६ मा स्थापना गरेको पतंजली आयुर्वेद भारतमा आयुर्वेदका उत्पादित उपभोग्य वस्तु बेच बिखन गर्दछ । पतंजली आयुर्वेद लिमिटेडका प्रमुख रहेका बालकृष्णलाई हुरण पत्रिकाले जनाए अनुसार ३ सय ९९ जनाको धनाड्य सूचीमा बालकृष्णलाई २६ औ स्थानमा पारेको थियो ।












प्रतिक्रिया