१ कार्तिक २०८३, आइतबार

लागुऔषध प्रकरण छानबिनका लागि राष्ट्रसङ्घ र ईयूलाई स्वागत गरिनेः डुटेर्ते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eu-logoमनिला (फिलिपिन्स), ७ असोज । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्र्तेेले बिहीबार फिलिपिन्सको कागयान डेओरो एक कार्यक्रमबीच बोल्नु हुँदै मुलुकमा लागुऔषध प्रकरणमा मारिएका व्यक्ति निर्दोष भए यहाँ आएर छानबिन गर्न संयुक्त राष्ट्रसङ्घ तथा युरोपेली युनियन (ईयू) का प्रतिनिधिलाई स्वागत गर्ने बताउनुभएको छ ।

फिलिपिनी सेना तथा प्रहरीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति डुटेर्तेले भन्नुभयो, तपाईहरु आउनुहोस् अनि यहाँको लागुऔषधबारे गरिएका भ्रामक प्रचारबारे आफैँ छानबिन गर्नुहोस् ।

उहाँले उक्त कार्यक्रममा राष्ट्रसङ्घ तथा ईयूका अधिकारीलाई छानबिनका लागि फिलिपिन्स बोलाउने र आफूले गरेका कारबाहीमा स्वतन्त्र छानबिन गर्न वातावरण मिलाइ दिने भन्दै अनावश्यक आफ्नो प्रशासनलाई आलोचना नगर्न चुनौती दिनुभयो ।

ईयू पार्लियामेन्टले एक विज्ञप्ति जारी गरी गत मङ्गलबार फिलिपिन्समा भएका गैरन्यायिक हत्या तथा सजायलाई अन्त्य गर्न आग्रह गरेको थियो । ईयूले प्रहरी कारबाहीमा ठूलो सङ्ख्यामा निर्दोष नागरिकको मृत्यु भएको भनी यसमा सचेत रहन राष्ट्रपतिलाई आग्रह गरेकोे थियो ।

डुटेर्र्तेले आफू अहिले फिलिपिन्सको नगरप्रमुख मात्र नभई राष्ट्रपति भएको बताउँदै एउटा देशको राष्ट्राध्यक्षलाई दिनुपर्ने सम्मान ईयूबाट समेत व्यक्त गरिनुपर्ने बताउनुभयो ।

यसअघि डुटेर्र्तेेले संयुक्त राष्ट्रसङ्घ तथा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई लागुऔषध प्रकरणमा आफूले गरेका कारबाहीमाथि शङ्का नगर्न तथा यदि कुनै मुद्दामा आफ्नो कमजोरी भएको भए प्रमाणित गरेर देखाउन आह्वान गर्नुभएको थियो ।

प्रहरीको तथ्याङ्कअनुसार लागुऔषध तथा अन्य अनियमितता गरेको आरोपमा राष्ट्रपति डुटेर्टे सत्तामा आएपछि जुलाई १ देखि गरिएका कारबाहीमा तीन हजार ३१३ फिलिपिनीको मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार १९ हजार प्रहरी परिचालित गरी चलाइएको कारबाहीमा १८ हजार लागुऔषध कारोबारकर्तालाई पक्राउ गरिएको छ भने करिब सात लाख लागुऔषध कारोबारमा संलग्न भएको शङ्कास्पद व्यक्तिले आत्मसमर्पण गरेका छन् । –सिन्ह्वा