काठमाडौं, ६ असोज । भारत प्रशासित काश्मिरको उरी आक्रमण पछि भारतले प्रत्येक कोणबाट पाकिस्तानलाई घेर्न चाहेको बेलामा चीनले पाकिस्तानलाई पूरा सहयोग गर्ने बताएको छ ।
संयुक्त राष्ट्रसंघको आमसभामा भाग लिन अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले चीन र पाकिस्तानबीच वर्षौदेखि रहँदैआएको सम्बन्ध तथा एकअर्कालाई दिएको साथलाई निरन्तरता दिनुपर्ने बताए ।
चीनले पाकिस्तानसँग चौतर्फी सहयोग बढाउन चाहेको र दुबै देशको सम्बन्ध अझै राम्रो बनाउनुपर्ने चिनियाँ प्रधानमन्त्रीको धारणा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
















प्रतिक्रिया