काठमाडौं, ६ असोज । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले कश्मिरमा मानव अधिकार उल्लंघनका गम्भिर घटनाहरुलाई भारतले प्रोत्साहन गरेको भन्दै अन्तर्राष्ट्रिय छानविनको माग गरेका छन् ।
उनले संयुक्त राष्ट्रसंघको महासभामा अभिव्यक्ति दिदैं भारतले कश्मिरमा देखाइरहेको क्रियाकलापको अन्तर्राष्ट्रिय छानविन गर्न माग गरेका हुन् ।
भारतले कश्मिरका जनताप्रति अत्त्याचार गरेको छ, कश्मिरको विषय सामाधान नभई पाकिस्तान र भारतबीच शान्ति र सामान्य सम्बन्ध हुन नसक्ने र जुन कश्मिरका घटनाहरुले स्पष्ट पारिरहेको छ ।
‘कश्मिरका युवा पुस्ताले भारतको अवैध कब्जाबाट स्वतन्त्र हुन आवाज उठाइरहेका बेला भारतले दमन गर्न त्यो क्षेत्रमा ५ लाख भन्दा बढी सेना परिचालन गरि सय जना भन्दा बढीको मृत्यु हुन तथा हजारौं घाइते हुन कश्मिरको जनताको अधिकार विपरित हो,’ उनले भने– ‘अवैध कब्जाबाट जनताले मुक्ति खोज्नु जनताको हक भएकाले पाकिस्तानले कश्मिरका जनताको आत्मा निर्णयको अधिकारलाई सम्मान गर्छ ।’
भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटर मार्फत नवाज शरिफले बुरहान बानीको महिमामण्डन गर्नुले पाकिस्तानको उग्रवादसँग सम्बन्ध रहेको प्रष्ट हुने भनी खण्डन गरेका छन् ।
महासभाबाटै पाकिस्तानी प्रधानमन्त्रीले कश्मिरमा भारतले गरेको दमन र अत्याचारको प्रमाण पाकिस्तानले राष्ट्रसंघका महासचिवलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।
















प्रतिक्रिया