काठमाडौं, ६ असोज । भारतको केन्द्र सरकारले फ्रान्सबाट किन्ने भनिएको लड़ाकू विमान ‘राफेल’को डीललाई मञ्जुरी दिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो डीलमा शुक्रवारसम्म भारत र फ्रान्सका अधिकारीले हस्ताक्षर गर्ने तय भएको छ ।
फ्रान्सको डसाल्ट एविएशन कम्पनीले निर्माण गर्ने यो एक विमानको मूल्य १ हजÞार ६ सय २८ करोड रुपैया पर्छ । भारतले १० भन्दा बढी विमान ल्याउन लागेको बताइएको छ ।
पछिल्लो समय भारत प्रशासित काश्मिरमा आतंकवादी हमलामा १७ जना सैनिक मारिएपछि भारतले पाकिस्तानतर्फ आक्रमणको योजना बनाइरहेको समाचार आइरहेका छन् । भारतले पाकिस्तानबाट आतंकवादी आएर आफ्ना सैनिकमाथि हमला गरेको भन्दै पाकिस्तानतर्फका सीमा क्षेत्रमा आक्रमण गर्ने धम्की दिएको छ । भारतको धम्कीपछि पाकिस्तानले पनि सामना गर्न आफू तयार रहेको बताएको छ । एक रिपोर्टअनुसार हातहतियारको मामिलामा पाकिस्तान भारतभन्दा धेरै अगाडि रहेको बताइन्छ ।
लडाकु विमान राफेल अमेरिका, रुस लगायतका देशले बनाएको भन्दा उत्कृष्ट विमान हो । यसले टाढाबाट पनि सिधै मार हान्न सक्छ ।
















प्रतिक्रिया