काठमाडौं, ५ असोज । भारत र पाकिस्तानबीच चर्किएको तनावका बीच भारतीय सेनाको पश्चिमी कमानका प्रमुख लेफ्टिनेनट जनरल सुरिन्द्र सिंहले बधबार कश्मिरको भ्रमण गरी आफ्ना सैनिकहरुलाई उच्चस्तरको सतर्कता अपनाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिएका छन् ।
तीन दिन अघि मात्रै पश्चिमी कमानको प्रमुख भएका सिंहले अहिलेसम्म अपनाएको सतर्कताको प्रशंसा गर्दै युद्धको लागि तयारीको स्तर बढाउन र सुरक्षा एजेन्सीले गरेको प्रयासलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
















प्रतिक्रिया