२९ कार्तिक २०८३, आइतबार

एमालेको केन्द्रीय कमिटी बस्दै, ओलीले बैठकलाई सुरुमै सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ५ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सांगठनिक विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरू हुँदैछ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे सुरू हुने बैठकमा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सचिव योगेश भट्टराईका अनुसार समग्र राजनीतिक विषयलाई समेटेर अध्यक्ष ओलीले सम्बोधन गर्ने तयारी भएको छ ।

लामो समयपछि बस्न लागेको एमालेको केन्द्रीय कमिटीले संविधान र संघीयताको कार्यान्वयन, सरकारका कामकारबाही, पार्टीको आन्तरिक संगठनलगायतका विषयमा छलफल गर्नेछ ।

सत्तामा रहँदा राष्ट्रियताको पक्षमा जोडदार बचाउ गर्दै आएको एमालेले प्रतिपक्षमा हुँदा पनि राष्ट्रियताको सवाललाई महत्व दिँदै आएको छ ।