२९ कार्तिक २०८३, आइतबार

नेपालका आयोजनामा भारतीय ल्याउने सम्झौताको राप्रपा नेपालद्धारा विरोध

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa-57c6b7f4ba1975.29013589

काठमाडौं, ४ असोज । प्रतिपक्षी दल राप्रपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा जारी संयुक्त वक्तब्यका केही बुँदामा आपत्ति जनाएको छ ।

मंगलबार अपराह्न प्रवक्ता राजाराम श्रेष्ठद्धारा जारी विज्ञप्तिमा संयुक्त वक्तब्यमा समावेश केही बिषयहरुमा नीतिगत त्रुटी देखिएको भन्दै खेद प्रकट गरिएको छ ।

विज्ञप्तिमार्फत राप्रपा नेपालले संयुक्त वक्तव्यका तीन बुँदामा आपत्ति जनाएको छ । जसमा ‘भारतीय सहयोगमा नेपालमा संचालित आयोजनाहरुको निरीक्षण र अनुगमन नेपाल सरकार र काठमाडौं स्थित भारतीय दूतावासका अधिकारीहरुले गर्ने भन्ने बिषय’मा गम्भीर आपत्ति जनाइएको छ ।

चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि नयाँदिल्लीबाट नेपाल–भारतको २५ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।

यसैगरी राप्रपा नेपालले संविधान संशोधन र कार्यान्वयन नितान्त नेपालको आन्तरिक मामिला भन्दै यसलाई संयुक्त बक्तब्यको अंग बनाइनु आपत्तिजनक र अनुपयुक्त रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘संयुक्त वक्तब्यमा समावेश बिषयहरु दुवै देशको साझा सरोकार दायित्व र अनुगमनको दायराभित्र पर्ने हुँदा नेपालको घरेलु मामिला संयुक्त वक्तब्यमा समावेश गर्नु सर्वथा उपयुक्त मान्न सकिन्न ।’

भारतले अझैपनि नेपालको संविधानको स्वागत नगरेको भन्दै ‘संयुक्त वक्तब्यमा भारतले नेपालको संविधान अधुरो, समावेशी र सर्वस्वीकार्य नरहेको अर्थ लाग्ने गरी व्यक्त गरेको धारणालाई विगतमा नेपालले पूर्णरुपमा गलत ठहर गर्दै खण्डन र अस्वीकार गर्दै आएकोमा संयुक्त वक्तब्यमा उक्त बिषय रहनुले संविधानबारे नेपाल सरकारको धारणा र अडानमा विचलन आएको देखिएको’ राप्रपा नेपालको ठहर छ ।

pres-relege