२९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीसँग रिसाए देउवाका ‘दाहिने हात’ ! सरकार ढल्ने खतरा

116.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balkrishna-khad_650
रक्षामन्त्री बालकृष्ण खाँड ।

काठमाडौं, ४ असोज । रक्षामन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनालाई अपमानित गर्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ‘दाहिने हात’ समेत मानिने मन्त्री खाँडले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमै प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश र असन्तुष्टि पोखेका छन् ।

सोमबार विहान टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री र सभामुखले संविधान दिवसको सम्बोधनमा सेनाको भूमिकालाई नजरअन्दाज (बेवास्था) गरेका थिए ।

प्रधानमन्त्री र सभामुखबाटै सेना अपमानित भएपछि मन्त्री खाँड टुँडिखेल समारोहबाट रिसाएर हिडेका थिए ।

संविधानसभा गठन प्रक्रियासम्म आइपुग्न आफ्नो जिउ ज्यानको प्रवाह नगरी जनचाहनालाई पूरा गर्न राजनीतिक दललाई सहयोग गर्ने सेना लगायत सुरक्षा निकायको योगदानको कदर नगरिएको भन्दै खाँडले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमाथि आक्रोश पोखे ।

‘सेना लगायत, न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र निर्वाचन आयोगले संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरे,’ मन्त्री खाँणले भने ‘तर, संविधान दिवसका अवसरमा प्रधानमन्त्री र सभामुखले सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रममा मञ्चमा प्रधान सेनापतिलाई बगलमा राख्नुभयो, आफ्नो मन्तव्यका क्रममा सेनाले पुर्याएको योगदानको भने नजरअन्दाज गर्नुभयो । यो सरासर अपमान हो ।’

मन्त्री खाँडले संविधान निर्माण गर्ने प्रक्रियामा संलग्न सबै निकायको भूमिकाको उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।