न्युयोर्क । कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो ।
अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन् ।
न्युयोर्क र आसपासमा रहेका दुई सय १६ जना सदस्य सहभागी अधिवेशनले सृजना लामालाई उपाध्यक्ष र अमर तामाङलाई महासचिव चयन गरेको छ ।
यस्तै छिरिङ योञ्जन सचिव र नाम्गेल लामालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
संचालक समति सदस्यहरुमा राम तामाङ, प्रविण लामा, सानु कुमारी लामा र मैना लामा निर्वाचित भएका छन् । बाँकी दुई सदस्यको अध्यक्षले मनोनित गर्ने छन् ।
निर्वाचित कार्यसमितिलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त ङिमा पाख्रिनले पद तथा गोपनियताको सपथ गराए ।
यसैबीच नवनिर्वाचित अध्यक्ष शान्त थोकरले आफ्नो कार्य समितिको पहिलो काम न्युर्योकमा संस्थाको कार्यालय सञ्चलन र तामाङ भाषा, धर्म सम्बन्धी शिक्षा कार्यक्रम सुरु गर्नु रहेको जनाए ।
तामाङ भाषा र धर्म सम्बन्धी शिक्षा कार्यक्रम सञ्चालनका लागि आफ्नो माताहतमा रहेको इन्टरनेसनल मार्शल आर्ट एशोसिएशन न्युयोर्कको (कराते प्रशिक्षण स्थल) हल उपलब्ध गराउने घोषणा गरेका छन् ।















प्रतिक्रिया