
काठमाडौं, ४ भदौ । राजधानीका विभिन्न चार स्थानमा प्रहरीले संकास्पद बस्तु फेला पारेको छ ।
प्रहरीले आज बिहान काठमाडौंका ३ र ललितपुरको एउटा स्कुलमा शंकास्पद बस्नु भेटाएको हो ।
शंकास्पद बस्तु बम भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । शंकास्पद बस्तुलाई डिष्फोजल गर्न नेपाली सेनाको विशेषज्ञयुक्त प्राविधिक टोली चारै स्थानमा पुगिसकेको छ ।
बौद्धस्थित राई स्कुल, दक्षिणढोकास्थित मनकामना स्कुल, डल्लुस्थित अर्को एक स्कुल र ललितपुरको रेडियन्ट स्कुलमा शंकास्पद बस्तु भेटिएको महानगरीय प्रहरीले जनाएको छ ।
शंकास्पद बस्तु भेटिएको स्थानमा योङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका नाममा पर्चा छरिएको अवस्थामा फेला परेको प्रहरी भनाइ छ ।











प्रतिक्रिया