काठमाडौं, ३ असोज । संघीय गठबन्धन र मधेसी मोर्चाले संविधान दिवस विरुद्धको कालो दिवस अलग अलग मनाउने भएका छन् ।
हरेक संघर्षका कार्यक्रम एकसाथ गर्दै आएका मधेसी मोर्चा र संघीय गठबन्धनले पहिलो पटक अलग अलग रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।
संविधान संशोधनको माग गरेर विगत एक वर्षदेखि संघर्ष गर्दै आइरहेका संघीय गठबन्धन र मधेसी मोर्चाले अलग अलग कार्यक्रम गरेसँग गठबन्धन अनौपचारिक रुपमा विभाजन भएको एक नेताले दाबी गरेका छन् ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले मधेसी मोर्चाले माइतीघर मण्डलामा संविधान दिवस विरुद्ध कालो दिवस मनाउन रचनात्मक कार्यक्रम राखेको बताउनुभयो ।
उता, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्त केशव झाले गठबन्धनले दुई बजे शान्तिबाटिकामा कार्यक्रम राखेको जानकारी दिनुभयो ।











प्रतिक्रिया