२९ कार्तिक २०८३, आइतबार

‘प्रचण्ड’ले बोलाए दलहरूको बैठक, भारत भ्रमणको जानकारी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराउन आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो दुई बजे बस्ने बैठकमा दाहालले आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराउनु हुने बुझिएको छ । भारतसँग भएको सहमति र सम्झौताका विषयमा संसदमा रहेका दलहरूलाई जानकारी दिनुे परम्परा छ ।

बैठकमा संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बुझिएको छ ।