काठमाडौं, ३ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसका अबसरमा एक्लै विशेष कार्यक्रम गरेर दिवस मनाउँदैछ ।
काठमाडौंको बसन्तपुरमा दिउँसो तीन बजे एमालेले विशेष कार्यक्रम गर्न लागेको मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर दुई बजेट नगरपरिक्रमा गरेर बसन्तपुरपुगेर सभा गर्ने छौँ ।’
एमालेको सभालाई अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूले सम्बोधन गर्नु हुनेछ ।
एमालेले संविधानको रक्षा गर्नेभन्दै आज राजधानीका साथै मुलुकभरि विशेष हर्सोल्लासका साथ मनाउँदैछ ।











प्रतिक्रिया