१ कार्तिक २०८३, शनिबार

स्वीडेनमा १५१औँ मोती जयन्ती मनाइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image3-1स्वीडेन । १५१औं मोती जयन्ती समारोह स्वीडेनको राजधानी स्टकहोल्मको भेलेङ्बिमा यही १७ सेप्टेम्बर २०१६ का दिन एक समारोहका वीच सम्पन्न भएको छ ।

नवीन थपलियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रीना ढकालले स्वागत मन्तब्य राखेकी थिइन भने समरोहका प्रमुख आतिथ्यता एन आर एन स्वीडेनका अध्यक्ष चिरन्जिबी खरेलले गरेका छन् ।

नेपाली राष्ट्रिय गान बजाई सुरु गरिएको कार्यकमको संचालन गोबिन्द तिवारीले गरेका थिए ।

राम भण्डारी, अर्जुन श्रेष्ठ, नबराज रेग्मी, दिनेश श्रेष्ठ, राजेश अर्याललाई अतिथिको तर्फबाट आसन ग्रहण गराईएको सो कार्यक्रममा दिनेश श्रेष्ठले शुभकामना र आफ्नो गजल प्रस्तुत गरेका थिए ।

सुभद्रा रेग्मी पौडेल, रमेश थपलिया, प्रिया पन्थ, राम भण्डारी र चिरन्जिबी खरेलले पनि आफ्नो कविता बाचन गरेका थिए ।

समारोहमा युवाकबि मोतीराम भट्ट र प्रबासमा नेपाली बाङ्ग्मयको संरक्षण, प्रबर्धन र बिकाशको आबश्यकता बारे राम भण्डारी, नबराज रेग्मी, अर्जुन श्रेष्ठ र चिरन्जिबी खरेलले प्रकाश पार्नु भएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति नवीन थपलियाले स्वीडेनमा पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गठन अपरिहार्य रहेको र आजैबाट यसको स्वीडेनमा शुभारम्भ हुने बताए ।