– गणेश गिरी
पर्वत । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि लोक गायक बद्री पंगेनी, टिकाराम चापागाई र विष्णु खत्रीले उम्मेद्वारी घोषणा गरेका छन् ।
आगामी असोज ८, ९, १० गते देखि काठमाण्डौंमा हुने छैठौं राष्ट्रिय महाधिवेशनका लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष पंगेनी, प्रथम उपाध्यक्ष चापागाई र पूर्व पराजित अध्यक्ष खत्रीले उमेदवारी घोषणा गरेका हुन ।
राजधानीको प्रज्ञा भवनमा सम्पन्न हुने महाधिवेशनमा नेतृत्व वीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । गायक पंगेनी नेपाली लोक संस्कृति र लोक गायनको क्षेत्रमा निकै चलेका गायक हुन । पछिल्लो समय जनताका पिडा र वेदनाका शब्दहरु समेटेर गीत गाउँन थालेपछि उनको उचाई थप बढेकोछ । लोकप्रिय गायकको छवि बनाउन सफल पंगेनी अध्यक्षका निकै बलिया उमेदवारको रुपमा लोक कलाकारहरुले हेरीरहेको छन । पंगेनी पछिल्लो महाधिवेशनमा अत्याधिक मतका साथ बरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए ।
यसैगरी चापागाई पनि वर्तमान कार्य समितिका प्रथम उपाध्यक्ष भएकाले उनको संगठनमा राम्रो प्रभाव रहेको विश्लेषण गरिएको छ । चापागाई गायन भन्दा अन्य संस्थाहरुमा लागेको भन्ने आरोप लगाउनेहरु भने कम छैनन । गायन क्षेत्रमा नाम नचलेका कारण उनी अन्य भन्दा कमजोर उमेदवार मानिन्छन । उता, धौलागिरी क्षेत्रका लोक गायक खत्री यस अघिको पाँचौ अधिवेशनमा ठूलो मतले अध्यक्ष चन्द्र शर्मासंग पराजीत भएका थिए । उनी दोस्रो पटक अध्यक्षको दौडमा छन । संगठनमा निरन्तरता नभएको आरोप लागेका खत्रीले अध्यक्ष भएर संगठनलाई थप मजबुद बनाउने भन्दै अध्यक्ष पदमा मत माग्दै आएका छन ।
आगामी तिन बर्षे कार्यकालका लागि हुने महाधिवेशनमा बरिष्ठ उपाध्यक्षका पदमा गायक रमेश विजी, ऋषीलाल श्रेष्ठ र विमलराज क्षेत्रीले उमेदवारी दिने सम्भावना छ । विजी बरिष्ठ उपाध्यक्षका बलिया उमेदवार रहेको बताईन्छ । देश भर राम्रो प्रभाव र छवि रहेका बिजीसंग श्रेष्ठ र क्षेत्रीको प्रतिस्पर्धा पनि तिव्र हुने अनुमान गरिएको छ । क्षेत्री वर्तमान कार्य समितिका द्धितिय उपाध्यक्ष हुन भने चापागाई पाँचौ महाधिवेशनमा द्धितिय उपाध्यक्षमा पराजीत भएका थिए । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पर्वत क्षेत्र न २ बाट पराजीत भएका गायक क्षेत्रीलाई धौलागिरीको समर्थन जुटने अनुमान गरिएको छ । प्रतिनिधिको विवादका कारण धौलागिरी अञ्चल कार्य समिति भने हालसम्म पनि गठन हुन सकिरहेको छैन । अञ्चलको विवादका कारण क्षेत्रीलाई केहि मत घाटा हुनसने अनुमान गर्न सकिन्छ ।
प्रतिष्ठानको महासचिवका लागि भने सचिव शिशिर देवकोटा र गायक सुवास केसी चुनावी मैदानमा उत्रने घोषणा गरेका छन । यसै गरी अन्य नेतृत्वका लागि दिपक खडका, पशुपति शर्मा, रामजी खाड, शंकर विसी, खुमन आधिकारी, राजु गुरुङ, चोलेन्द्र पौडेल, कुलेन्द्र विश्वकर्मा, तारापति सुवेदी, हरी थापा, बसन्त थापा, पार्वती जिसी, राधिका हमाल, रमिला न्यापाने, टिका पुन, कृष्ण अखेली, प्रकाश कटवाल, लगाएतले पनि केन्द्रिय सदस्य र पदाधिकारीहरुमा दाबा गरीरहेका छन । प्रतिष्ठानको महाधिवेशनका लागि ६१ जिल्लाबाट २ हजार भन्दा बढि कलाकारहरु प्रनितिधिरुपमा सहभागी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए । शर्माका अनुसार अधिकांश जिल्ला अधिवेशन सकिएको छ । भने केहि विवादीत अञ्चल र जिल्लाहरुमा महाधिवेशन अगाडि नै टुंगो लाग्नेछ ।
















प्रतिक्रिया