२९ कार्तिक २०८३, आइतबार

एमाले महासचिवले प्रचण्डको निन्दा गर्दै भने- ‘दिल्लीमा नेपाली जनतामाथि अपराध भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokharel

पोखरा, २ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग गरेको सम्झौताको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

नेकपा एमाले प्रदेश नम्बर ४ को प्रथम बैठक एवं बृहत कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै उहाँले नेपाली जनताको भावना, राजनीतिक दलहरुको समझदारी र राष्ट्रिय अखण्डताविपरित प्रचण्डले भारतसँग सत्ता टिकाउने कागज गरेर आएको बताउनुभयो ।

‘हिजो संविधान घोषणा गर्दाको घोर विरोधी भारतसँग सत्ता टिकाउने नाममा प्रचण्डले भारतीय स्वार्थअनुसार कागज गरेर आएका छन्,’ उहाँले भन्नुभयो– ‘यो नेपाली जनतामाथिको ठूलो अपराध हो । त्यसको म घोर निन्दा गर्छु ।’

ishwor-pokharel-1

औचित्य र एजेण्डामा नेकपा एमाले संविधान संशोधनका लागि तयार छ भन्दै महासचिव पोखरेलले कसैको सत्ता टिकाउने स्वार्थका लागि एमालेले संशोधनमा साथ नदिने स्पष्ट पार्नुभयो । संविधानले समावेशी र सबैको भावनाको प्रतिनिधित्व गरेको उहाँको भनाई छ ।

भारततर्फ संकेत गर्दै उहाँले नेपालको संविधानमा संशोधन गर्नपर्छ भनेर के भन्न खोजेको भनी प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले चुनाव गराउन आलटाल गर्दै म्यादी सरकारलाई बढाउन लागिपरेको उहाँको आरोप छ ।

कार्यकर्ताले पार्टी एक ढिक्का भएको हेर्न चाहेको भन्दै एमालेलाई एकढिका बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।