साउदी । रोजगारीका लागि साउदी अरब आइपुगेका ताप्लेजुङ जिल्लाको नाङ्खोल्याङ गाविस वडा नम्बर ३ बोरादिनका प्रमोद श्रेष्ठको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको छ ।
काठमाडौंस्थित योङ ओभरसिज मेन पावरबाट श्रेष्ठ ४ महिना अगाडि साउदी आइपुगेका थिए ।
श्रेष्ठले ८५ हजार रुपियाँ तिरेर चक्लेट फ्याक्ट्रीमा काम गर्न साउदी आइपुगेका हुन् । नेपालबाट बैधानिक रुपमा स्वास्थ्य परीक्षण गरी साउदी पुगेका श्रेष्ठ पुगेको ३ महिनामै बिरामी परेर थलिएका थिए ।
उनलाई उपचारको लागि साउदीस्थित रियाद सनाद अस्पतालमा १८ दिन र मोवासात अस्पतालमा १२ दिनसम्मको उपचारपछि सेप्टेम्बर ३ तारिख फो
क्सोको क्यान्सरबाट मृत्यु भएको अस्पतालले जानकारी गराएको छ ।
आफ्नो घरको पारिवारिक समस्याका कारण श्रेष्ठ साउदी अरब आइपुगेका थिए । तर, अचानक उनी रोगले ग्रसित हुँदै थला परेका हुन् ।
उनको नराम्रो गरी स्वास्थ्य बिग्रिएपछि कम्पनीका मालिकले उपचारका लागि अस्पतालमा भर्ना गरिदिएका थिए ।
पछिल्लो पटक आईसीयुमा राखेर उपचार गराउँदा गराउँदै मृत्यु भएको उनका आफ्न्त फुपाजु अईन्द्र विक्रम श्रेष्ठले जानकारी दिए । हाल अईन्द्र पनि साउदीमै कार्यरत छन् ।
उनले श्रेष्ठको शवलाई यतिका दिनसम्म पनि स्वदेश पठाउने प्रक्रिया पूरा भईनसकेकोमा दुखेसो पोखे ।
साउदीबाट जस्तो सुकै समस्या घरमा परे पनि कम्पनीबाट बिदा पाउन कठिन पर्ने र काममै अल्झाईरहने उनले गुनासो पोखे ।
देशले हरेक दिन यसरी कलिलो नौजवानहरु गुमाई रहदा नेपालस्थित बैदेशिक रोजगारीमा जानेहरुलाई गरिने स्वास्थ्य परीक्षणमा चरम लापरवाही भएको दैनिक जसो प्रवाशी नेपालीहरुले सामाजिक संन्जालतिर टिप्पणी गरिरहेका देखिन्छन् ।
यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न सरोकारवालाहरुकोे ध्यानकर्षण हुन जरुरी छ ।
















प्रतिक्रिया