१ कार्तिक २०८३, शनिबार

अमेरिकाको हे मार्केट दिवसमा नेपालीहरुको विशेष प्रस्तुति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pared-6– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलता पूर्वक सम्पन्न भएको छ ।

डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठानको बिशेष सहभागितामा उक्त हे मार्केट डे नामकरण गरिएको कार्यक्रम ऐतिहासिक हुन् पुगेको हो ।

नेपालको पहिचान झल्काउने पुरुषले नेपाली दौरा सुरुवाल, नेपाली टोपी तथा महिलाहरुले एकनासको फरिया सहितको झाकी तथा प्रदर्शन गर्दै नेपाली गीतमा नाच्दै झुम्दै परिक्रमा गर्ने क्रममा बिदेशीहरुले भब्य स्वागत कर्तल ध्वनिले गरेका थिए ।

नेपालीहरू सबैभन्दा राम्रो प्रस्तुति गर्न सफल भएका छन् । कार्यक्रममा बालबालिका, आमाबुवा तथा सबै उमेरका नेपाली समुदायको सक्रिय सहभागिता देखिएको थियो ।

pared-4विश्व भरका विभिन्न देशका बिबिध थरिका झाँकी तथा आफ्ना देशका पोशाक सहित प्रतिनिधिन्त्व गरेका भएता पनि नेपाली समुदायको सहभागिता र पोशाक अद्वितीय रहन पुगेको छ ।

उक्त प्रदर्शनमा नेपाली समुदायको उपस्थितिले सबै नेपालीको गौरब, पहिचानका साथै गरिमा बृद्धि समेत गराएको आयोजकले बताएका छन् ।

कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो ।