२८ आश्विन २०८३, बुधबार

‘काम नगर्ने कर्मचारीहरुलाई फायर गर्ने कानुन आवश्यक छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ५० प्रतिशत भन्दा बढी कर्मचारीहरु आफ्नो पेशा प्रति इमान्दार नभएको भन्दै प्रशासनिक पुनर्संरचनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुरा गर्दै अध्यक्ष मैनालीले संघीयता कार्यान्वयन गर्दा प्रशासन पुर्नसंरचनालाई प्राथमिकता दिन सुझाव दिनु भयो । उहा“ले सरकारी सेवामा रहेर काम नगर्ने कर्मचारीहरुलाई दण्डित गर्ने व्यवस्था पनि गरिनुपर्ने बताउनुभयो ।

क्षमता र दक्षता भएका व्यक्तिहरुलाई सम्मान र काम नगर्ने कर्मचारीहरुलाई दण्डित गर्ने व्यवस्था अवको प्रशासनिक संरचनामा हुनुपर्ने अध्यक्ष मैनालीको भनाई थियो ।

हेर्नुस् भिडियोः