३० आश्विन २०८३, शुक्रबार

प्रचण्डको अन्तिम अग्निपरिक्षा !

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bb-shresta

गणतन्त्र नेपालको दोश्रो प्रधानमन्त्री वन्न सफल हुनुभएको पुष्पकमल दाहाल उर्फ प्रचण्डको भारत भ्रमण यसवेला चर्चाको विषय वनेको छ । संविधान जारी हुदाँ आफनो सल्लाह नमानेको आत्मरतिमा रहेको भारत त्यसको प्रतिफल स्वरुप लामो नाकावन्दी गरेर आफनो नेपालमाथिको प्रभावलाई उजागर गरेको छ । स्वतः भौगोलिक स्वरुपमा भारतभन्दा नेपाल कयौ गुणा सानो भएता पनि नेपाल एउटा छुटै राष्ट हो भन्ने सोच्न नसक्ने भारत, नेपाललाई सधै औपनिवेश र कुनै प्रान्तिय क्षेत्रको रुपमा मात्र लिदै आएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यसतः त्यसमा नै टेकेर भारतले आफनो अधिनायकवाद विगतदेखि नै लाददै आईरहेको छ । त्यसको पुनरावृत्ति नै हो भारतको अघोषित नाकावन्दी । संविधान जारी भएको र नेपालको राजनैतिक दलहरु देशका लागि एक भएको सन्दर्भमा भारतको हस्तक्षेप र भुमिका स्वतः समाप्त हुने देखेको भारतले अन्ततः केपी ओली सरकारलाई जसरी पनि अपदस्त गरेर प्रचण्ड सरकार वनाउन सफल भएको छ । कोईराला सरकारको पालामा नै शुरु भएको नाकावन्दी केपी ओलीको पालामा आईपुग्दा नेपाली जनतामा जुन राष्ट्रवादको विकास भएको थियो । भारतको हेपाहा प्रवृत्तिको उल्लेख्यता वढेको समयमा भारतलाई यो सह्य भएको थिएन । जसरी हुन्छ, ओली सरकार ढाल्नका लागि लागेको भारत अन्ततः प्रचण्डलाई मोहरा वनाई आफनो अभिष्ट पुरा गर्न सफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डमा यो डर छ कि भारत को गुलामी नगर्ने हो भने यो नौ महिना पनि टिक्न सकिदैन र त्यसपछि पुन: प्रधानमन्त्रीमा पुग्न सकिदैन भन्ने भयमा बाँचेका प्रधानमन्त्री प्रचण्ड जसरी पनि सरकारको आयु बढाउनमा जस्तोसुकै निर्णय गर्न सक्दैनन भनेर पत्याउन सकिदैन किनकि प्रचण्डको सामु त्यो सुविधा छैन । सरकार र सत्तामा टिक्नका लागि भारतको पाउ पर्नुको विकल्प नदेखेको प्रचण्डले अन्ततः बाहिरी सन्धि सम्झौता जति सुकै नेपाल र नेपालीको हितमा गरेको देखाएता पनि भित्रि सम्झौतामा भने चुकेको नै छ । जुन अहिले नदेखिए पनि समयक्रममा त्यो छर्लङ्ग नै हुनेछ, बस त्यसका लागि केहि समय भने धेर्ये गर्नु पर्नेछ ।

ओली प्रधानमन्त्री भएको वेलामा भारतले गरेको अधिनायकवादी शैली र चीन सँग नजिक भएको सम्वन्धलाई भारतले प्रचण्डमार्फत आफनो अभिष्ट पुरा गर्ने कुरामा दुई मत हुन सक्दैन । जुन समयसन्दर्भमा देखिने नै छ । प्रचण्डमार्फत नेपालमा फेरि पुन आफनो राज गर्ने सोचमा रहेको भारतले जसरी हुन्छ नेपाललाई सहयोग गर्ने र नेपालमा आफनो प्रभाव जमाउने सुरमा देखिन्छ, यसो गर्दा भारतको स्वार्थ पनि पुरा, हुने, चिनिया गतिविधी पनि कम हुने र नेपाललाई गुन लगाई दास वनाउने उसको प्रपंच अन्ततः प्रचण्डको भारत भ्रमणको समयमा हुने रणनितीलाई अव वुझन गाह्रो हुने छैन । भारत भ्रमणमा देशहित विपरित कुनै पनि नयाँ सन्धि सम्झौता नगर्ने वताएपनि हिजो गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री वन्दा सोझेै मालिक सँग वार्ता गर्ने भनि दिएको अभिव्यक्ति र आजको प्रचण्डको भारतभक्ति ले पनि सत्ता र कुर्चिको लागि हरेक कुरा सम्भावना हुन्छ भन्ने कुरा प्रष्ट भएको छ । हिजो पचण्ड सरकार ढल्न मा भारतको हात रहेको र त्यसको विरुद्धमा सुरुङ्ग युद्ध समेत गर्ने भनेर सीमानाकामा गएर भारत विरोधी स्वर निकाल्ने प्रचण्ड आज कुर्चि जोगाउन र हिजोको दिनमा कुर्चि प्राप्त गर्नका लागि के कति भुमिका खेलेका थिए भन्ने कुरा सर्वविदितै छ । हिजो केपी ओली सरकार वन्दा यहि सरकार मात्र एकमात्र राष्ट्रवादी सरकार भएको र यहि सरकारको विकल्प नरहेको भन्ने प्रचण्ड भारतको ग्रिन सिग्नल पाएपछि त्यहि सरकार नै राष्ट्रघाती हो भनेर भन्ने सक्ने अवस्थामा पुग्दा प्रचण्डका नैतिकता, ईमान्दिरता धुमिल भएको कहिले पो पुर्ति होला र ?

prachanda-india

सत्ता र कुर्सिका लागि यु टर्न मार्न समेत सहज ठान्ने प्रचण्ड लिखित रुपमा नेपाली काग्रेससँग मिलेर नौ महिनाका लागि सरकारका प्रमुख वनेका छन् । प्रचण्डमा यो डर छ कि भारत को गुलामी नगर्ने हो भने यो नौ महिना पनि टिक्न सकिदैन र त्यसपछि पुन प्रधानमन्त्रीमा पुग्न सकिदैन भन्ने भयमा वाँचेको प्रधानमन्त्री प्रचण्ड जसरी पनि सरकारको आयु वढाउनमा जस्तोसुकै निर्णय गर्न सक्दैनन भनेर प्रत्याउन सकिदैन किनकि प्रचण्डको त्यो सुविधा सकिसकेको छ । सरकार र सत्तामा टिक्नका लागि भारतको पाउ पर्नुको विकल्प नदेखेको प्रचण्डले अन्ततः वाहिरी सन्धि सम्झौता जति सुकै नेपाल र नेपालीको हितमा गरेको देखाएता पनि भित्रि सम्झौतामा भने चुकेको नै छ । जुन अहिले नदेखिए पनि समयक्रममा त्यो छर्लङ्ग नै हुनेछ, वस त्यसका लागि केहि समय भने धेर्ये गर्नु पर्नेछ । प्रधानमन्त्रीको भारत भ्रमण पनि नेपालमा जव प्रचण्डको आगमन हुनेछ, त्यसपछि विभिन्न किसिमका व्यवहारले पनि देखाउने नै छ कि प्रचण्ड भारतका सामु लम्पसार परेर झुके नै ।

हो, नेपालमा संघिय गणतन्त्र स्थापना गर्ने, राजतन्त्र हटाउने र संविधान सभा मार्फत संविधान जारी गर्ने भुमिका मा प्रचण्ड पनि एक हुन् । जुन ईतिहासमा दर्ज हुने नै छ । त्यसपछि शान्ति प्रक्रिया हुदै दुई पटक सम्म प्रधानमन्त्री वनिसक्दाको प्रचण्ड र हिजोको प्रचण्डमा आकाश जमिनको अन्तर देख्न सकिन्छ, । यहि पेरिफेरिमा भएको भारत भ्रमणले प्रचण्डको साख वच्ने हो कि कहिल्यै पनि उठ्न नसक्ने गरि सकिने हो, त्यसका लागि केहि समय पछि देखिने नै छ । स्वतः राष्ट्रप्रमुख को हैसियत भनेको देशलाई समुन्नत, समृद्ध र विकासोन्मुख वनाउने हो, नकि कसैमा परनिर्भर । पद र कुर्सि प्राप्त गर्नका लागि केहि समयका लागि गरिएका नाटकले अन्तत प्रधानमन्त्री प्रचण्डलाई नै गलपासो नवनोस् । यो भुल्न हुदैन कि आफैमा कोहि पनि सक्षम नभईकन अरुले मात्र वनाईदिनेछैन । हिजो सम्म अनुभवको कमिले गर्दा गल्ति कमजोरी भएको दावी गर्ने प्रचण्ड पुन सरकार टिकाउन का लागि मात्र राष्ट्रवादको ओत नओढोस । प्रधानमन्त्री प्रचण्ड यानेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि यो नै अन्तिम अवसर हो, जुन अवसरलाई साच्चै नै देश र जनताका लागि उपयोग गरेमो प्रचण्डका भुमिका अझै केहि समय सम्मका लागि रहिरहनेछ, होईन भने यो नै प्रचण्डका लागि पतनको मार्ग हुनेछ ।

[email protected]