२८ कार्तिक २०८३, शनिबार

कोशी नदीमा डुंगा पल्टियो, २२ जनाको सकुशल उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

सुनसरी, १ असोज । सुनसरीको सप्तकोशी नदीमा ३५ भन्दा बढी यात्रु सवार डुंगा पल्टिएको छ ।

श्रीलंका टापुबाट प्रकाशपुर -५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिदा नदीमा फसेका २२ यात्रुको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेल डुंगामा ३५–३६ यात्रु सवार रहेको र २२ जनाको सकुशल उद्धार गरिएको बताए ।

घटनास्थलमा स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।