लसएञ्जलस । पहिलो मुस्लिम मिस यूसए रीमा फकीहले विवाहका लागि आफ्नो इस्लाम धर्म परिवर्तन गरेकी छिन् । उनले इस्लाम धर्म परिवर्तन गरेर ईसाई धर्म अंगालेकी हुन् ।
रीमा फकीहले यसै वर्ष म्यूजिक प्रोड्यूसर वासिम सालिबी नामक क्रिश्चियन युवकसँग विवाह गर्ने अन्तिम तयारीमा छिन् । उनीहरूको बिहे ईसाई धर्म अनुसार हुनेछ ।
रीमा फकीहले पछिल्लो दुई महिना अगाडि मात्रै इस्लाम धर्म परिवतर्न गरेर ईसाई धर्म अंगालेकी हुन् ।
मिस यूएसएको उपाधि जितेपछि फकीहले ‘पहिला आफू एक अमेरिकी’ रहेको र त्यपछि अरु विषयमा ध्यान दिने बताएकी थिइन् ।
लेबनानबाट अमेरिका बसाइ सुरु गरेको रीमा फकीहका काकाले पनि ईसाई धर्म अपनाएका छन् । उनका काका पादरी हुन् ।
रीमाको प्राम्भीक पढाइ बेरुतको कैथोलिक स्कूलमा भएको थियो । त्यसपछि १९९३ मा उनी न्यूयोर्क गएकी थिइन् । रीमाको परिवार २००३ मा मिशीगन आएर बसेको हो ।
मिस अमेरिकाको उपाधि जितेपछि रीमा फकीह विवादमा पनि आइन् । ‘स्ट्रीपर १०१’ कार्यक्रमको केही तस्बिर सार्वजनिक भएपछि फकीहको थुप्रै आलोचना भएको थियो ।
सन् २०१२ मा मदिरा पिएर गाडी चलाएको आरोपमा रीमा फकीहले सजाय भोगेकी थिइन् ।
पटक पटक बिबादमा आइ रहने रीमा फकीह धर्म परिवर्तन गरेर एकाएक चर्चामा आएकी छिन् । – एजेन्सी















प्रतिक्रिया