२८ कार्तिक २०८३, शनिबार

अख्तियारले छानविन गरेको मलाई थाहा छैन : प्रधानमन्त्री दाहाल

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachandनयाँदिल्ली, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिवरमा भएको अनियमितता छानविनबारे आफूलाई जानकारी नरहेको बताउनुभएको छ ।

भारतको चार दिने औचापरिक भ्रमणमा रहनु भएका दाहाललाई आज बिहान नेपाली पत्रकारहरूले राखेको जिज्ञासामा दाहालले अख्तियारले शिविरमा छानविन गरेको विषयमा कुनै जानकारी नरहेको बताउनु भएको हो । ‘तपाईहरूबाट सुने’, उहाँले भन्नुभयो, ‘अख्तियारले शिविरको अनियमितताबारे छानविन गरेको थाहा छैन ।’

अख्तियारले लडाकु शिविरका कमान्डर र माओवादीका तत्कालीन जिम्मेवार नेताहरूलाई ३० दिनभित्र आफ्नो भनाइ राख्न सूचना जारी गरी बोलाएको जनाएको छ ।