३० आश्विन २०८३, शुक्रबार

‘देश नेपाली सेनाले बचाउन जरुरी भइसक्यो’

57k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dirgharaj Prasain– दीर्घराज प्रसाई

नेपाल संसारमा सबैभन्दा पुरानो सार्वभौमसत्ता बचाएर राखेको विश्वको हिन्दू अधिराज्यको रुपमा चिनिएको बुद्धको जन्मथलो आज नेपालका सत्तासीनहरूबाटै आतंकित बनाइएको छ । जुन दिन धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता यो भूमिमा लाद्न खोजियो त्यही बेलादेखि नेपाल अशान्त बनेको छ । हिन्दू अधिराज्य र राजसंस्थाको पुनर्वहालीको लागि नेपालभरि आवाज उठेको छ । हिन्दू अधिराज्य तथा राजसंस्थालाई यथावत् राख्न जनता आन्दोलित छन् ।

इतिहासका कुटनीतिक पाठहरू सिक्दै विश्वव्यापीकरण गर्ने अवस्थामा नेपाल अहिले आफ्नै अस्तित्वको लडाइँमा छ । नेपालको आर्थिक, सामाजिक र प्रजातान्त्रिक जीवन पद्धति ती राष्ट्रहरूको भन्दा राम्रो थियो भने २०६३ सालपछि सत्तासीन कांग्रेस, एमाले, मधेसीहरूले राष्ट्रघातको बाटोमा लागेर देश टुक्र्याउन सक्रिय छन् ।

सारा नेपालीलाई चिन्ता छ– अब यो देश कसरी बचाउने ? नेपालमा २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश भएपछि योजनाबद्धरुपले चौतर्फी आक्रमण गर्न थालियो । दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र सिंहसानमा बसेपछि पनि नेपाल प्रजातान्त्रिक ढाँचाले चलिरहेको थियो ।

कांग्रेस बहुमतमा रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राजालाई प्रतिनिधिसभा विगटन गर्ने सिफारिस गरे । प्रतिनिधिसभा विघटन भयो । पछि निर्वाचन गर्न नसक्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी गुप्तचर सीआइएले निर्देशन गरेबमोजिम राजालाई विवादमा उतार्न राजालाई सत्ता बुझाए । मन्त्रिपरिषद् असफल भएपछि राजाले सत्ता ग्रहण गर्नु नै थियो ।

तर भर्खरै राजसिंहासनमा बसेका राजालाई सहयोग नगरेर कांग्रेस, एमालेका नेताहरूले राजाले निरंकुश सत्ता चलाए भन्ने आरोप लगाउँदै भारतीय गुप्तचरको इसारामा दिल्लीमा पुगेर १२ बुँदे सहमति गरी नेपाललाई धरापमा पार्न पुगे ।

२०४७ सालको संविधानअनुसार गिरिजाप्रसाद प्रधानमन्त्री नियुक्त भएपछि जनआन्दोलन रोकियो । त्यसपछि राजा, राजनीतिक पार्टी र जनताको संयुक्त प्रयासमा देशलाई प्रजातान्त्रिकीकरण गर्दै अगाडि बढ्नुपर्नेमा राजा र देशलाई धोका दिएर विखण्डनको बाटो रोजेकाले देशका हरक्षेत्र अन्योलग्रस्त बनेको छ ।

भारतीय गुप्तचरले पहिलादेखि आफ्नो भरिया बनाएका सर्वप्रथम बाबुराम भट्टराईलाई हात लियो । त्यसपछि कांग्रेसका कृष्ण सिटौलालाई भरिया बनाइसकेपछि माओवादीका नेता प्रचण्ड, कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, एमालेका नेता माधव नेपालहरूलाई हातमा लिइसकेपछि अन्य पार्टीका नेता बोलाएर सात दलको १२ बुँदे सहमति गरायो ।

nepal-armyनेपाललाई डुबाउन गरिएका यी सबै षड्यन्त्रमा फस्ने कुनै नेता हुन सक्तैनन् । १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने र त्यसको समर्थन गर्नेहरूले गर्दा नै मुलुकको यो गति भयो ।

नेपालको भौगोलिक, जातीय अवस्थालाई इंगित गर्दै राजा महेन्द्रले भनेका थिए– पार्टी व्यवस्थाले जनता मात्र विभाजित गराउने होइन त्यसले देश नै विभाजन गर्न सक्छ ।

२०६३ सालपछि राजा महेन्द्रको विचारबाट पराजित पार्टीभित्रका देशद्रोहीहरू विदेशीको भरिया बनेर नेपालको अस्तित्व समाप्त पार्न लागेका छन् । २०६३ सालदेखि अहिलेसम्म राजा महेन्द्रको विचारबाट पराजीत भएका कांग्रेस, कम्युनिस्टहरूको सत्ता छ । यिनीहरूलाई अब राज्यले यथाशीघ्र कारबाही गरेर नेपालको सार्वभौमसत्ता हिन्दु तथा बौद्धस्थल बचाउन सक्नुपर्छ ।

२०६३ सालपछि मानौं सत्ता कब्जा गरेर बसेका माओवादी, कांग्रेस, एमाले, मधेसीहरूका कुरा सुन्दा अब यिनीहरू बहुलाउन मात्र बाँकी देखिएका छन् ।

२०४७ सालको संविधान यिनीहरूले नै सबै पक्षको सहमतिमा बनाएका हुन् । त्यस संविधानले काम गर्दागर्दै यिनीहरूलाई संविधानसभाबाट संविधान बनाउनुपर्ने ? दुई वर्षको समयभित्र संविधान बनाउने यिनीहरूले अन्तरिम संविधानमा लेखे ।

दुई वर्ष बित्यो, संविधान बनेन । पटक–पटक गरेर अरु दुई वर्ष समय थपेर दुई सय अर्ब राजस्व खाइसक्दा पनि संविधान बनाउन नसकेपछि यदि हतारमा उनीहरूले भनेजस्तै २०७२ असोज ३ गते संविधान घोषण गरे भने यो देश डुबाउने कुकर्म मात्र हुन्छ ।

अब देश बचाउन राम्रो शासनका लागि कडा अनुशासनको नीति अवलम्बन गरेर नेपाली सेनालगायत राज्यका सम्पूर्ण शक्ति एकत्रित हुनु जरुरी छ ।